महाकाली मोडर्न पब्लिकले भव्यताका साथ मनायो गुरु पुर्णीमा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले गुरु पुर्णीमा भव्यताको साथमा मनाएको छ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट महाकाली मोडनका विद्यार्थीहरुले मनाएका छन् ।

विद्यालयका प्रिन्सिपल दिजराज भट्टले गु’ शब्दले अन्धकार जनाउँछ र ‘रु’ शब्दले त्यो अन्धकारको नाश गर्ने प्रकाश वा ज्ञान जनाउने बताउनु भयो । जुन व्यक्तिले अज्ञानरूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउँछ, उही नै गुरु हो । गुरुको स्थान सनातन परम्परामा उच्च रहेको बताउनु भयो ।

र आज आफना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलेपनि यो दिनलाई विषेश रुपले मनाएको बताउनु भयो । गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।। (गुरुगीता, १) यस श्लोकमा गुरुलाई ब्रह्मा (सिर्जनकर्ता), विष्णु (पालक), र महेश (संहारकर्ता) का रूपमा वर्णन गरिएको छ ।

साथै गुरु परब्रह्म स्वरूप हुन् भनेर आत्मसाक्षात्कारको साक्षात् स्रोतका रूपमा गुरुलाई लिइएको बताउनु भयो । गुरुपूर्णिमा महर्षि वेदव्यासको जन्मजयन्ती पनि हो, वेदव्यास ऋषिले चार वेदलाई वर्गीकरण गरेर सम्पूर्ण वैदिक ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको विद्यालयका प्रिन्सिपल भट्टले बताउनु भयो ।

गुरुपूर्णिमा शिक्षाका आदिपुरुष महर्षि वेदव्यासको स्मृति दिवसका रूपमा र गुरु तत्वको उपासना गर्ने पर्वका रूपमा स्थापित छ ।

गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्व समेतलाई बुझ्नु पर्ने उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.