जापान कराते डो कोशिकाईले गुरु पूर्णिमा भव्यताको साथ मनायो

महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियो संघले आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमालाई भव्यताको साथमा मनाएको छ । खेलाडीहरुले आफनो गुरुहरुलाई खादा माला टिका लगाएर सम्मान गरेका छन् ।

खेलाडीहरुले सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंह, जापान कराते डो कोशिकाई सितोरियोका प्रदेश कराते प्रमुख प्रशिक्षक एवम अन्तराष्ट्रिय स्तरमा ३ पटक एसियन गोल्ड मेडलिस्ट सोनम पुजारा, जिल्ला कराँते प्रमुख प्रशिक्षक प्रकाश सुनारलाई माला खादा, टिका लगाएर आफना गुरु प्रति सम्मान प्रकट गरेका छन् ।

गुरुको स्थान सदैव उच्च स्थानमा रहेको र आज आफना खेलाडीहरुले गरेको सम्मानप्रति कृतज्ञता रहेको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले बताउनु भयो । गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।। (गुरुगीता, १) यस श्लोकमा गुरुलाई ब्रह्मा (सिर्जनकर्ता), विष्णु (पालक), र महेश (संहारकर्ता) का रूपमा वर्णन गरिएको छ । साथै गुरु परब्रह्म स्वरूप हुन् भनेर आत्मसाक्षात्कारको साक्षात् स्रोतका रूपमा गुरुलाई लिइएको छ ।

गुरुपूर्णिमा महर्षि वेदव्यासको जन्मजयन्ती पनि हो, वेदव्यास ऋषिले चार वेदलाई वर्गीकरण गरेर सम्पूर्ण वैदिक ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्व समेतलाई बुझ्नु पर्ने हुन्छ ।

सम्बन्धित

Comments are closed.