भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध बिहीबार रातिदेखि खोलेको छ।

भारत स्थित धौलीगङ्गा जलविद्युत परियोजनाको बाँधको ढोका आज राती १२ बजे देखि भोली अपरान्ह १२ बजेसम्म सिल्ट सरसफाइ कार्यको लागि खोलिने भएकाले महाकाली नदीको जलसतह बढ्ने, महाकाली नदीको तल्लो तटीय क्षेत्रमा जोखीम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धौलीगंगा बाँध खोलेपछी बैतडी, दार्चुला, डडेल्धुरा, कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाब बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ ।

सम्बन्धित

Comments are closed.