कञ्चनपुर मा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो, भोली विहान ७ बजेदेखी फेरी बन्द गरिने

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बन्साह गणेशपुरकी ५५ बर्षिया द्रोपती भट्टको मृत्यु प्रकरण, महाकाली यातायात प्रालि र पीडित पक्षबीच बार्ता निष्कर्ष बिहिन भएको छ ।

अहिले६ बजे देखी भोलि बिहान ७ बजेसम्म यातायात सुचारू, भोलि शनिबार बिहान ७ बजे देखि यातायात अबरुद्ध गरिने आफन्तले बताएका छन्बिहीबार कञ्चनपुरको बन्साहामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

बेलौरीदेखि महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसको ठक्करबाट बन्साहाकी ५५ वर्षीया द्रोपती भट्टको मृत्य भएको घटनालाई लिएर राजमार्ग अवरुद्ध गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा राजमार्ग अवरुद्ध हुँदा आवागमन प्रभावित बनेको छ ।बिहिवार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करबाट बन्साहाका ५५ वर्षीय द्रोपती भट्टको मृत्य भएको थियो।

मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन्। महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।

सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ।

सम्बन्धित

Comments are closed.