पावर अफ युथको शनिवार बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथले शनिवार वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । यो सरसफार्य कार्याक्रम तेस्रो हप्तामा पुगेको आयोजकले जनाएको छ ।

भीमदत्त नगरपालिकाको संरक्षकमा जिल्ला प्रहरी कार्यालय, विद्यार्थीहरु, बाल क्लबलगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रत्येक हप्ताको शनिवार विहान ७ बजेदेखी महेन्द्रनगरलाई अब बदलिन्छ — हाम्रो महेन्द्रनगर !मात्रै सरसफाइ होइन, यो हो परिवर्तनको अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर हरेक शनिवार सरसफाई कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । शनिवार विहान ७ बजे मदन चोकदेखी बसपार्क क्षेत्रलगायतमा सरसफाई गरिएको छ ।

हामी स्वच्छ, हरित र सुन्दर महेन्द्रनगरको सपना देख्दैछौँ — तपाईंको सहभागिता अनिवार्य छ भनेर उनिहरुले उक्त सरसफाई अभियानलाई यो तेस्रो हप्तामा पुय्राएको पावर अफ युथका सदस्य हेमराज भट्टले बताउनु भयो ।

यो सरसफाई अभियानले निरन्तरता पाउने पर्ने र स्थानियहरुले पनि यस्मा सहभागिता जनाउन आग्रह गर्नुभयो । बजार क्षेत्रको भित्री क्षेत्र पछाडी पट्टी तर्फ धेरै फोहरहरु फालिदिने सरसफाई नगर्ने बानी अझै पनि रहेको उहाँले बताउनु भयो ।

युवाहरुको यो सरसफाई अभियानले एक प्रकारको सकारात्मक सन्देश जाने र स्थानिय व्यापारीहरु, आम जनताहरुले पनि यस्मा साथ दिएर सरसफाई अभियानलाई अगाढी लैजानुपर्ने भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुसिल भट्टले बताउनु भयो ।

यो सरसफाई अभियानले जनचेतना सहित महेन्द्रनगरका भित्री क्षेत्रलाई सफा राख्न मद्धत पुग्ने बताउनु भयो । साथै,यसरी नै स्थानियहरुले पनि आएर साथ र एक्यवद्धता दिनु पर्ने र आफनो क्षेत्रलाई आफैले सफा गरिदिने हो भनेपनि फोहर धेरै नहुने बताउनु भयो ।

आयोजक समुहले सरसफाइ मात्रै नभएर नागरिक सचेतनाको अभियान भएको भन्दै कार्यक्रमलाइ निरन्तर अगाढी लैजाने बताएका छन् ।

सम्बन्धित

Comments are closed.