आज नेपालले घरेलु टोली बङ्गलादेश सँग खेल्दै

२० वर्ष मुनिको साफ महिला च्याम्पियनशिपमा आइतबार नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेश सँग खेल्दै छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे शुरू हुने छ ।
अस्ति शुक्रवार भएको खेलमा नेपालले भूटान माथि ६–१ गोलको जीत निकाल्यो ।
यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो ।
अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।
दुवै टोलीको समान तीन अङ्क छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एक अर्का सँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्का सँग, साउन ३ गते भूटान सँग, साउन ५ गते बङ्गलादेश सँग खेल्ने छ ।

सम्बन्धित

Comments are closed.