सनराईज पब्लिक स्कुलले २१२ औ भानु जयन्ती भव्यताको साथ मनायो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगर पालिका १८ मा रहेको सनराईज पब्लिक सेकेन्डरी स्कुलले २१२ औ भानु जयन्ती भव्यताको साथमा मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आदिकवी भानुभक्त आचार्यले लेखेका गजल, कविताहरु प्रस्तुत गरेका थिए ।

भाषा, साहित्य र संस्कृतिका अमर साधक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा विद्यालयमा विद्यार्थीहरुले नाटक पनि मञ्चन गरेका थिए ।नेपाली भाषा र सभ्यताको मेरुदण्ड सावित हुनु भएका भानुभक्तले आफ्ना लेखनीमार्फत नेपाली मनमा चेतनाको उज्यालो छरेको र आज विद्यार्थीहरुलाई पनि उहाँको जिवनीबाट प्रेरणा मिलोस भनेर आजको कार्यक्रमको आयोजना गरीएको विद्यालयका संस्थापक गंगा खरेल चालिसेले बताउनु भयो ।

उहाँ सिर्जनामा राष्ट्रको माया, जनताको आवाज र संस्कृतिप्रतिको सम्मान गहिरो रूपमा रहेको हुँदा र नेपाली भाषालाई जन–जनको मुहारमा पु¥याउने यो दिवसमा, हामी सबैले आफ्नो भाषा र संस्कृतिप्रति गौरव गर्नुपर्ने सन्देश दिन आज विद्यार्थीहरुको माझा विभिन्न कार्यक्रम गरीएको बताउनु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक पुरन चालिसेले विद्यार्थीहरुलाई भानुभक्तले लेखेका साहित्यि, कविता, रामायण पाठ, आदिको विषयमा पनि जानकारी प्रदान गरीएको थियो उहाँले वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको बताउनु भयो ।

तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यका पिता धनञ्जय आचार्य सरकारी कर्मचारी (खरदार) रहेको र पिता कामको सिलसिलामा घर बाहिर हुने हुँदा भानुको बाल्यकाल हजुरबुबासँग बितेको बताउनु भयो ।

उहाँका हजुरबुवा श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित अनि जमिनदार भएका कारण उहाँकै छहारीमा घरमै भानुभक्तको प्रारम्भिक शिक्षा संस्कृत भाषामा भयो ।

भानुभक्तलाई नेपाली साहित्यको आदि कविका रूपमा सम्मान गरिन्छ । उनको सिर्जनात्मक कृतिमाथि टेकेरै नेपाली साहित्यको आकाश फैलिएको हो तर उनले यो उपाधि आफ्नो जीवनकालमा पाएका होइनन् ।

उनको मृत्युको कैयौँ वर्षपछि मात्रै नेपाली समाजले उनलाई आदिकवि भनेर चिन्यो । संस्कृतजस्तो कठिन भाषामा सीमित धार्मिक ग्रन्थहरू आम नेपालीले बुझ्न नसक्ने अवस्था थियो । त्यस्तो बेला भानुभक्तले नेपालीमा रामायण लेखेर नेपाली भाषाको उन्नयनमा ठुलो योगदान गरे ।

त्यो बेला संस्कृत लेखपढ र बुझाइ केवल पण्डित वर्गको पहुँचमा थियो । भानुभक्तले रामायणलाई नेपालीभाषीका माझमा पु¥याए ।

रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्दा भानुभक्तले केवल शब्द अनुवाद गरेनन्, भावनालाई पनि रूपान्तरित गरे ।

एक् दिन् नारद् सत्य लोक पुगि गया लोक्को गरुँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया प¥या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती ग¥या यो तसै ।।

सम्बन्धित

Comments are closed.