महेन्द्रनगर । सुदूरपश्चिमको ८८ वटै पालिकामा रहेका करार, ज्यालादारी, अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् । प्रदेश सरकारले स्थानिय सरकार सेवा गठन पारित गरेको प्रती अस्थायी करा ज्यालादारी कर्मचारी अटाउन नसकेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।२०८१ असारदेखी आजसम्म संघर्षरत रहेको अवगत गराउँदै प्रदेशले पारित गरेको ऐन अस्थायी करार, ज्यालादारी कर्मचारी विपरित रहेको भन्दै विभिन्न चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

सोमवार भीमदत्त नगरपालिकामा अस्थायी, करार, ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आफनो माग पुरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
प्रदेश सरकार विधायन समिति, प्रदेश सरकारको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गरीने स्थानिय तह कर्मचारी संघर्ष समितिका संयोजक तिलक जोशीले बताउनु भयो ।
विगतमा आफनो माग राख्दै मुख्यमन्त्री,पूर्व मुख्यमन्त्री, विधायन समिति, सम्बन्धित पालिका सबै क्षेत्रमा भेटेर आफनो माग राखेपनि अहिले आफुहरुलाई गुमराहमा राखेर ऐन पारित गरिनु दुखद रहेको बताउनु भयो ।
आफु संगै कर्मचारीहरु स्थायीको वृद्धि विकास भएर तह माथी पुग्ने तर आफुहरु विगत २० वर्षदेखी सेवा गरी रहदा अहिले अलपत्र पारेर अन्याय गरेको बताउनु भयो । हामीहरुलाई उमेर हद नलाग्ने गरी आन्तरिक सिमित प्रतिष्पर्धा गरे स्थायीत्व गरिनु पर्ने आफनो मुख्य माग रहेको बताउनु भयो ।
श्रावण १ गते मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको फेरी पनि माग सुनवाई नभएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम गरीने चेतावनी दिनु भयो ।
विधेयकमा विगत लामो समयदेखी करार ज्यालादारीमा कार्यरतलाई निरन्तरता दिने लोकसेवा आयोगलेृ विज्ञापन ननिकाल्ने समय सम्म यही कर्मचारीलाई काम गराउन दिने भन्ने प्रष्ट उल्लेख गरेको पनि जानकारी गराउनु भयो ।
साथै एकपटक उमेर हद नलाग्ने गरी प्रंष्पिर्धा गराएर उतिर्ण नहुनेलाई काम गरेको वर्षको आधारले निजामती सेवा ऐनको आधारले उपदान दिएर घर पठाउने भन्ने उल्लेख गरेको बताउनु भयो ।
अहिले केही पालिकाले सुचना निकालेर ऐन अनुसार श्रावण १ गतेदेखी काम गर्न नपाईने भन्ने सुचना निकालेको भएर ति पालिकाको काम पनि गलत भएको बताउनु भयो ।
स्थानिय तह कर्मचारी संघर्ष समितिका सदस्य मनोज प्रशाद भट्टले प्रदेश सरकारले ल्याएको ऐनले सयौ जनालाई वेरोजगार बनाउने ऐन ल्याएको प्रती करार, अस्थायी, जलादारी सबैले त्यस ऐन विरुद्ध आन्दोलन गर्नका लागि आजको वैठक रहेको बताउनु भयो ।
अहलिे भीमदत्त नगरपालिकामा पनि २ सय बढी कर्मचारी रहेको र भोली देखी नै आफुहरु आचन्दोलनका कार्यक्रममा लाग्ने बताउनु भयो ।
साथ्र उहाँले करार, अस्थायी, ज्यालादारी कर्मचारीका विरुद्ध पालिका प्रमुखहरुले गरेका कामको श्रद्धान्जली दिन चाहेको बताउनु भयो ।
Comments are closed.