महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठारा सुदूरपश्चिम प्रदेशमा सर्वाेत्कृष्ट किसान बन्न सफल भएका छन् । प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट उनलाई सम्मान गरेको हो ।कृषि क्षेत्रमा सक्रिय उनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषि मन्त्री वीरबहादुर थापाले नगद १ लाख ५० हजार राशिसहित प्रशंसा पत्र माला तथा दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

धनगढीमा एक कार्यक्रमका बिच मङ्गलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका अन्य पाँच जना किसानलाई पनि पुरस्कृत गरेको छ । सर्वोत्कृष्ट कृषक पुरस्कार बुुझ्दै केरा व्यवसायी अर्जुन जेठाराले जमिन राम्रो भएमा नेपालमा कृषि कार्य भन्दा उत्कृष्ट अर्को कुनै काम नभएको बताउनु भयो ।
जेठाराले कैलाली र कञ्चनपुरमा करीब ४० बिघा जग्गामा केरा खेती गर्दै आएका छन् । कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतीले आफनो जिल्लाका केरा किसान सम्मानित हुँदा आफुलाई गौरव महसुस भएको बताउनु भयो ।
जेठारासहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डे, कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारती मौरीपालमा उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।
भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी तरकारी खेति,अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद बाख्रा पालनबाट पुरस्कृत गरिएको छ ।
उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई ७५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । प्रदेश सरकारले पुरस्कृत गरेपछि थप हौसला मिलेको उहाँहरूको भनाइ छ ।
भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले किसान राम्रो गर्नु राज्यका लागि पनि प्रेरणाको विषय भएको उल्लेख गर्दै कृषिलाई सम्मानित पेसाको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
Comments are closed.