कञ्चनपुरमा कृषि तथ्याङ्कका लागि अन्तरक्रिया तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कृृषि ज्ञान केन्द्र कञ्चनपुरले आयोजना गरेको कृषि तथ्याङ्कका लागि प्रमुख उप प्रमुख सहितको अन्तरक्रिया कार्यक्रम तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।मंगलवार एक कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिममा कृषि तथ्याङ्क संकलनको अवस्था चुनौती र कृषी ज्ञान केन्द्र कञ्चनपुरको वार्षिक प्रगती समीक्षा र अगामी वर्षका कार्ययोजनाहरुको विषयमा छलफल भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सभाध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले कृषी बजेटमा कसेलाई पनि काखा र पाखा नगरेको बताउनु भयो ।

कुनै पनि पालिकालाई बढी र कुनैलाई कम बजेट विनियोजन नगरेको सबैलाई प्राथमिकताको आधारमा बजेट छुट्याईएको बताउनु भयो । मन्त्री भएर आफनो क्षेत्रमा सबै भन्दा कम बजेट हालेको पनि दावी गर्नु भयो । सदनमा बजेट पाश हुँदा ३५ जना मध्ये ३३ जना माननिय ज्युहरुले कृषीको जस्तो बजेट हुनुपर्ने बताएको र आफनो बजेट समान रुपमा विनियोजन गरीएको दावी गर्नु भयो ।

अहिले बजेटमा कमिशनको खेल प्राय शुन्य गर्ने गरी आफुले काम गरेको र राम्रो कुराको राम्रो भएको छ भनेर भन्न पनि सक्नु पर्ने बताउनु भयो । विकासको विषयमा पार्टी भन्दा माथी उठेर जनताको हितमा हुने गरी काम गर्नु पर्ने बताउनु भयो ।

उखु अनुदान र मलको व्यवस्थापनको विषयमा आफुले केन्द्रमा पनि विषय उठान गरेको बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष बोहराले विगतमा भउका विषय घटना परिघटनालाई भुलेर आगामी दिनमा कसरी कञ्चनपुर जिल्लालाई समृद्ध जिल्ला बनाउने भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो ।

आफना रैथाने बालीको प्रवद्र्धन,संरक्षण गर्ने खालका योजना कार्यक्रमहरु लगु हुनुपर्ने बताउनु भयो । सबै पालिकामा कृषीको क्षेत्रमा राम्रो काम भईरहेको भएपनि उचित प्रचार प्रसार हुन नसकेको बताउनु भयो । कार्यक्रममा ज्ञान केन्द्र प्रमुख सिजापतिले विषेश गरेको आफुहरुले प्रयोग गरीरहेको तथ्याङक र राष्ट्रिय कृषी गणनामा फरक रहेको भएर जिल्लामा किसान सुचिकरण र कृषी सर्वक्षणका लागि गणकहरु खटाएको बताउनु भयो ।

यसलाई अझै प्रभावकारी समन्वय कसरी गर्न सकिन्छ, आगामी वर्ष कृषी ज्ञान केन्द्रले कसरी काम गर्ने, के के योजना रहेको छ भन्ने जानकारी दिन यो कार्यक्रम गरीएको बताउनु भयो । यसैगरी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले कृषि तथ्याङ्क संकलन सम्बन्धि जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख राम कुमारी राना, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, बेलौरीका मेयर पोतीलाल चौधरी, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, बेलडाँडी अध्यक्ष हरिशचन्द्र राना सहभागी भए ।

भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर केशव सिह विष्ट, बेलडाँडी उपाध्यक्ष शान्ति नाथ, बेलौरीका उप मेयर जोगराम चौधरी, पुनर्वासका उप मेयर भुलिया राना, बेदकोटका उप मेयर तुलसी जोशी, शुक्लाफाँटाका उप मेयर कल्पना पन्त, लालझाडीका उपाध्यक्ष सपना राना लगायतका सहभागीता रहेको थियो ।

सम्बन्धित

Comments are closed.