वरिष्ठ कलाकार उमेश मायालु “प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८१”बाट सम्मानित

महेन्द्रनगर । वरिष्ठ कलाकार उमेश मायालुलाई सम्मान गरीएको छ । सुदूरपश्चिमबाट पहिलो ठुलो पर्दाका चलचित्र खेल्ने कलाकार उमेश मायालुलाई “प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८१”बाट सम्मान गरीएको हो ।विगत ४ दशक भन्दा बढी समयदेखी संगित तथा नाट्यको क्षेत्रमा साधनारत रही पुय्राउनु भएको विशिष्ट योगदानको उच्च कदर गर्दै प्रदेश सरकार सुदूरपश्चिम प्रत्रा प्रतिष्ठान द्धारा स्थापित नाट्य ( चलचित्र ) विद्यातर्फ प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८१” बाट सम्मान गरीएको छ ।

२१२ औ आदिकवी भानुजयन्ती तथा सांस्कृतिक उत्सव समारोहका विचमा उहाँलाई सम्मान गरीएको हो। यो सम्मानले आफनो क्षेत्रले कलाको मान र सम्मान गरेकोमा आफुलाई असाध्यै खुसी र थप जिम्मेवारी बनाएको कलाकार मायालुले बताउनु भयो ।

आफुले यती धेरै समय चलचित्र क्षेत्र कला क्षेत्रमा दिएको र अथक संघर्ष दुख गरेको समयलाई र कलाको उचित सम्मान र कदर गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सयभन्दा बढी नेपाली चलचित्रमा र २० बटा जति नेपाली टेलि सिरियल , लिटल बुद्ध जस्तो दक्षिण कोरिया बाट पुरुकृत हलिबुड मुविमा पनि काम गरी सक्नु भएको छ ।

लब ईन् नेपाल हिन्दी मुवि , दो फनटुश भारतिय टेलिसिरियलमा अभिनय गर्नु भएको थियो। उहाँका सुपरहिट फिल्महरू जस्तै प्रेम पिन्ड आँधी बेहरी, गोरेटो, पराई घर, हाम्रो मिलन कहिले होला, माउते दाइ, भीमदत्त आदिले नेपाली चलचित्र क्षेत्रमा जिवन्त अभिनय गर्नुभएको छ ।

साथै उहाँले सयौं विज्ञापनमा अभिनय गर्नुका साथै निरन्तर नृत्य तथा अभिनय निर्देशन पनि गर्नुभयो। वहाँले सफल कलाकार जीवन लुइँटेल, सुमन सिंह, प्रदीप खड्का, उषा पौडेल,सज्जा मैनाली , सुश्मा कार्की, सोभिता सिम्खडा, सुनिता गौतम , ऋचा घिमिरे जस्ता एक समयका चर्चित नायक(नायिकाहरुको गुरु पनि रहनु भएको छ ।

सम्बन्धित

Comments are closed.