कञ्चनपुरमा सर्पको टोकाइबाट २ महिला घाइते, अवस्था मध्यम

महेन्द्रनगर। कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना महिला घाइते भएका छन्। शुक्लाफाटा नगरपालिका(२ ढकुनीकी ३० वर्षीया राजमाती बिष्ट र भीमदत्त नगरपालिका(१० जिमुवाकी २७ वर्षीया कमला जोशी सर्पदंशबाट घाइते भएका हुन्।

मंगलबार घरमै रहेको बेला राजमतीको बाँया हातमा सर्पले टोकेको हो भने कमलालाई घर नजिकै घाँस काट्ने क्रममा बाँया खुट्टामा सर्पले टोकेको प्रहरीले जनाएको छ।

दुवै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र दुबैको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

सर्पको टोकाईबाट आफनो घरको वरपर सरसफाई गर्ने, रातकिो बेला बाहिर जाँदा टर्च लाईट वा उज्यालको प्रयोग गर्ने, सर्पले डसेको खण्डमा उपचारको लागि तुरुन्तै अस्पताल लैजानु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

सम्बन्धित

Comments are closed.