महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र

महेन्द्रनगर । महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनु पर्ने मागसहित अखिल नेपाल महिला संघ, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

महिला माथि भइरहेका सामाजिक विभेद र अन्यायका घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनेमसंघले मुख्य मन्त्री कमल बहादुर शाहलाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा एमाले निकट महिलाहरूको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कञ्चनपुरसहितका जिल्लाहरूले प्रशासन कार्यालय मार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले बताएकी छन् ।

सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषण सँगै लैङ्गिक असमानता र छाउकुप्रथा जस्ता अन्यायपूर्ण व्यवहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।

संघले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा, तथा परम्परामा नाममा गरिने यौनजन्य शोषण र दुव्र्यवहार नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरी तुरुन्त कार्यान्वयनको माग गरेको छ ।

गत असार २७ गते भारतबाट फर्केकी कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईँको मृत्युले जनमानसमा गहिरो स्तब्धता छाएको भन्दै अनेमसंघले रोजगारीको सिलसिलामा भारत गएकी कमला स्वदेश फर्केर घरमा बसेको केही समयमै राति छाउगोठमा सुत्दा प्रहरीले टोकेको र अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको घटनालाई रहस्यमय भन्दै अनेमसंघले छानबिनको माग गरेको छ ।

सम्बन्धित

Comments are closed.