समाजसेवी अमिर तिरुवा र सन्दीप काजीको नेतृत्वमा क्रिया खर्च सहयोग

महेन्द्रनगर । भिमदत्त नगरपालिका–१३, बडैपुरमा एकै परिवारका दुई दाजुभाइको मृगौला र क्षयरोग (टिबी)को उपचार नपाएर १३ दिनको अन्तरालमा अकाल मृत्यु भएको छ।

आर्थिक अभाव र उपचारको व्यवस्था हुन नसक्दा उनीहरूले ज्यान गुमाएका हुन्। दाजुभाइको निधनपछि परिवारमा अहिले सकुन्तला नामकी एकल महिला र उनका दुई नाबालक छोरामात्र छन्।

श्रीमानको मृत्यु भर्खरै भएको कारण सकुन्तला गहिरो शोकमा हुनुका साथै उनका छोराहरू एउटाको कम्मरको सम्स्या र अर्को को हातको समस्या रहेको छ ।

पीडामा परेका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिका–१० का युवा समाजसेवी सन्दीप काजी बस्नेत समाजसेवी अमिर तिरुवाको विशेष पहलमा सहयोग संकलन गरिएको छ।

बस्नेतका साथीहरू भक्त बुढा, सागर नेपाल, अमित शाही, शंकर बुढाथोकी, प्रकाश धनाढी र केभिन पुनले संयुक्त रूपमा नगद रकम र खाद्यान्नसहित परिवारलाई क्रियाखर्च सहयोग गरेका छन्।

स्थानीयस्तरमा यस्ता पीडित परिवारहरूलाई तत्काल स्वास्थ्य सेवा र राहत पु¥याउने व्यवस्था नगरिएसम्म यस्ता दुखद घटना दोहोरिरहने स्थानीय बासिन्दाहरूको गुनासो छ।

सम्बन्धित

Comments are closed.