भीमदत्त उपमेयर लेखक ईजरायलमा हुँदा गरिन विपिन जोशीकोे रिहाईको माग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरकी उपमेयर निलम लेखकले हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीकोे रिहाईको माग अघि सारेकी छिन ।

ईजरायलमा रहेका उपमेयर लेखकले अढाई बर्षदेखि हमास समुहको नियन्त्रणमा रहेका भीमदत्त नगर ३ भाँसी महेन्द्रनगरका स्थानीय समेत रहेका जोशीकोे रिहाईको माग अघि सारेकी हुन ।

उपमेयर सचिवालयका अनुसार हाल ईजरायलमा न्यूनी एक्स्पो ०२५मा सहभागि भएकी उपमेयर जोशीले हमास समुहले बन्धक बनाएकोे विपिन जोशीले यथाशिघ्र रिहाईका लागि त्यहाँका अधिकारीसग अधिकारीसंग आग्रह गरेको जनाईएको छ ।

उपप्रमुख लेखकले ईजरायली ईजरायली परराष्ट्रमन्त्रीलाई प्रत्यक्ष भेट गरी विपिनको  रिहाईको लागि माग गर्नु भएको हो । उपमेयर लेखकले अघि सारेकोे आग्रह मा ईजरायली ईजरायली परराष्ट्रमन्त्रीले बन्धक बनाइएका हरुको रिहाईको लागि पहल भईरहेको बताएका थिए ।

ईजरायल सरकारको निमन्त्रणामा भीमदत्त नगरपालिका उपप्रमुख लेखक सहित अन्य पालिका जनप्रतिनिधी, मन्त्रालयका सचिव सहितको सहभागिता रहेको छ ।

सम्बन्धित

Comments are closed.