डडेलधुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर । डडेल्धुरामा एक पुरुषले हसिँया प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन । जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ डिलका ५४ वर्षिय करन भुलले ४० वर्षिया श्रीमती खिनादेवी भुलको हसिँया प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ ।

बिहिबार राती करिब साढे ११ बजेतिर घटना घटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनापछि आरोपी करन फरार रहेका थिए । उनी भाग्दै गरेको अवस्थामा शुक्रबार बिहान गन्यापधुरा–३ स्थित गोयलखेतबाट पक्राउ परेका हुन् ।

पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टको कमाण्डमा परिचालित प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको जानकारी शुक्रबार बिहान मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । हत्या हुनुका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ । तर विस्तृत विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.