महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथले शनिवार सावन ३ गते चौथो हप्तामा वृहत सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ । अब बदलिन्छ — हाम्रो महेन्द्रनगर
मात्रै सरसफाइ होइन, यो हो परिवर्तनको अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर शनिवार विहान ६ बजेर ४५ मिनेटमा भीमदत्त नगरपालिकाबाट सुरु सरसफाई कार्यक्रम सुरुवात हुने पावर अफयुथले जनाएको छ ।
हामी स्वच्छ, हरित र सुन्दर महेन्द्रनगरको सपना देख्दैछौँ — तपाईंको सहभागिता अनिवार्य छ भनेर उनिहरुले उक्त सरसफाई अभियानमा सहभागिताको लागि आग्रह गरेका छन् ।
साथै व्यवस्थापन गर्न डस्टबिनको आवस्यक परेको भएर उनिहरुले ईच्छुक सहयोगी दातालाई आग्रह गरेका छन, जस्को लागि ९७४६२६४१९६ मा सम्पर्क गर्न सकिने छ ।
गएको हप्ता शनिवार पनि यो समुहले विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।
Comments are closed.