महेन्द्रनगर । कञ्चनपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरएिको छ । सन्जिवनी नेपाल संग आबद्ध सुदुरपश्चिम पैरवी महिला सन्जालको भिमदत्त नगरपालिका वडा नम्बर ८ को समूहले सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।वडा कार्यालयको समन्वय र सहकार्यमा शनिवार ब्रह्मदेब राजमार्गको तिलाचौर क्षेत्रमा राजमार्गको किनारामा सरसफाई गरिएको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनुभयो ।

वर्षातको समयमा सर्प र अन्य किराहरुको विगविगी रहने भएकाले सडकको वरपर रहेको झाडी र बुट्यानहरु सरसफाई गरीएको उहाँले बताउनु भयो ।
महिलाहरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत समुदायमा गर्नुपर्ने कामहरु साथ र सहयोग गर्ने वातावरणको निर्माण गर्न यो सरसफाई कार्यक्रमको आयोजना गरीएको उहाँले बताउनु भयो ।
आफनो समुदाय र समाजमा महिलाहरु पनि सामाजिक कार्यहरु गर्न सक्छन, र सरसफाई सबैले गर्नुपर्ने जस्ले गर्दा फोहर कम हुने, अन्य स्थानिय जन समुदायको समाज प्रतिको कर्तब्य सामाजिक कार्यको भावना बृद्दी गर्ने उदेश्यले यो कार्यक्रम को आयोजना गरिएको सन्जालका संयोजक भुमिसरा आचार्यले बताउनु भयो ।
आफनो क्षेत्रमा यसरी सरसफाई गर्न पाउँदा सडक छेउमा रहेका स्थानियहरु पनि खुसि भएको आफुहरुलाई पनि समाजमा केही गनृ पाएकोमा गर्व महसुस भएको समुहका सदस्यहरुले बताएका छन् ।
उक्त सरसफाई कार्यक्रममा स्थानीय महिला समुह, वडा अध्यक्षलगायत जनप्रतिनिधि हरु जिमुवा प्रहरी चौकी का प्रहरी स्थानीय बासिन्दा सन्जिवनी नेपाल का प्रतिनिधि र कर्मचारी लगायत अन्य सरोकार वालाको सहभागिता रहेको थियो ।
Comments are closed.