कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर। कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–६ स्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका–२ का २२ वर्षीय प्रेम रसाइली रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

रसाइली लम्कीचुहा–६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए।

सम्बन्धित

Comments are closed.