सुदूरपश्चिममा आज सोमवार भारी वर्षा, यी जिल्लामा बाढीको जोखिममा

महेन्द्रनगर । देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा भने मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको हनुमाननगर ९भाम्का० केन्द्रमा रेकर्ड भएको छ । हनुमाननगर २४ घण्टामा १२५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमाननगर नजिकको दोधारा वर्षा मापन केन्द्रमा ८७।२ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी हनुमाननगरमा मध्यम वर्षा भएको र आसपासको क्षेत्र भई बग्ने साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

कैलालीको धनगढी विमानस्थलमा पनि पानी परिरहेको छ । त्यहाँ पछिल्लो तीन घण्टायतामात्रै ३९।८ मिलिमिटर वर्षा मापन भएको छ ।

कैलाली, कंचनपुर र डडेल्धुरामा नदी तटीय क्षेत्रमा बाढीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.