महेन्द्रनगर । कञ्चनपुरका डा. नरीराम लुहार ‘बिनोद’ लाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ। भारतको राजधानी नयाँ दिल्लीको क्राउन प्लाजा, मायुर विहारमा २७ जुलाई २०२५ आइतबार हुने इन्टरनेशनल अवार्ड्स मिट २०२५ मा उहाँलाई सम्मान गरीने भएको हो ।
नेपालका प्रख्यात व्यक्तित्व ब्रान्डम्यान इण्डिया र आइएमएसको संयुक्त आयोजनामा हुने कार्यक्रमको मुख्य अतिथि बलिउडका प्रसिद्ध अभिनेता राहुल रोय रहनेछन्।
साथै दिल्ली विधानसभाका सदस्य अजय महावर, प्यालेस्टाइन दूतावासका काउन्सिलर बसाम एफ हेलिस, घाना दूतावासका राजनीतिक तथा आर्थिक मन्त्री परामर्शदाता अर्नेस्ट नाना अजयी, काजाकिस्तान दूतावासका सेकेन्ड (सेक्रेटरी काउन्सुल आर्मान इल्यासोभ र एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनका अध्यक्ष सन्दीप मारवाह विशेष अतिथिको रूपमा उपस्थित रहनेछन्।
विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मानित गरिने यस समारोहमा डा. लुहारलाई प्रदान हुने सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान र गौरव दिलाउने विश्वास लिइएको छ। डा.बिनोदले यसअघि पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। समाजसेवा, शिक्षाक्षेत्र र सांस्कृतिक पहिचान प्रवर्द्धनमा पुर्याएको योगदानका कारण उनलाई नेपालमै मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि सम्मानित गरिँदै आएको हो ।
Comments are closed.