महेन्द्रनगर । नेपाली कांग्रेसले ४३ औं बी.पी. स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । मंगलवार जिल्लामा वृक्षारोपण, वृद्धा आश्रममा खाद्यन्न सहयोग, माल्र्यापणलगायतका कार्यक्रम गरी मनाएको छ । वेदकोट नगरपालिका ७ सुडामा रहेको घटाल माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आर्थिक मामिला मन्त्री माननिय बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालिको सभापतित्वमा कार्यक्रमको आयोजना गरीएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विपीले राजनीतिसँगै साहित्यको कोणबाट हेर्ने हो भने पनि विपी हरदृष्टिले अग्रणी समाज सुधारक रहेको बताउनु भयो ।

समग्रमा आमुल परिवर्तन गर्न, जनताहरुको चाहना अनुरुप यो मुलुकलाई लोकतान्त्रिक पद्धतीमा ढाल्नका लागि ठुलो संघर्ष रहेको बताउनु भयो । समर्ग मुलकका राजनितिक दलहरुले उहाँको विचारधारा सोच दृष्टिकोणलाई आफनो जिवनमा लागु गरेको र आज आएर उहाँको सपना दुरदृष्टि पुरा भएको बताउनु भयो ।
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली काङ्ग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेको बताउनु भयो ।
साथै उहाँका हरकृतिमा परिवर्तनको चेत छ । उहाँको मनोविज्ञानको पाटो उत्तिकै सशक्त र बेजोड रहेको त्यसकारण पनि विपी अग्रणी सुधारक रहेको बताउनु भयो ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले अहिले सबै राजनितिककर्मीहरुले विपीको दुरदृष्टि, सोचविचारधारालाई आफनो नितान्त दैनिक जिवनमा पनि लागु गर्नुपर्ने बताउनु भयो ।
नेपालमा प्रधानमन्त्री हुँदा उहाँको कार्यकाल एकदमै उल्लेखि रहेको बताउँदै, नेपाल बनाउन जुन जग बसाउने कार्य भएको छ त्यो उति बेलामा भईसकेको बताउनु भयो । त्यही भएर हरेक वर्ष उहाँको कार्यको उच्च मुल्याङकन गर्दै स्मरण गर्ने गरेको बताउनु भयो ।
साथै, श्री बैजनाथधाम वृद्धाश्रम सेवा समिति वेदकोट–७, रौटेलामा रहेका २२ जना वृद्ध–वृद्धाहरूलाई खाद्यान्न सामग्री—चामल, दाल, तेल—हस्तान्तरण गरियो । मन्त्री थापाले हस्तान्तरणपछि भने, “यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो।”
उनले वृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिउपप्रमुख रामकुमारी राना, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना, वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीलगायतको उपश्थिती रहेको थियो ।
Comments are closed.