कञ्चनपुरको कृष्णपुरका आयुष भट्ट सम्पर्क विहीन

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट सम्पर्क विहीन भएका छन् । सोमबार ९हिजो० बिहान घरबाट गजरौला बजार आएका आयुष सम्पर्क विहीन भएका हुन ।

बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार आएका उनी त्यहीबाट सम्पर्क विहीन भएको उनका दाइ भुवन भट्टले बताए । उनले खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको बताए ।

आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बरमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

उनले खोजी कार्यमा सहयोगका लागि इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर र कैलालीका प्रहरी कार्यालयमा निवेदन दिइसकेको बताए ।

गजरौला चोकमा सिसिटिभी क्यामेरा भए पनि ती बिग्रिएकाले खोजी गर्न समस्या भएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय गुलरीयाले बालक हराएको निवेदन आएपछि खोजीका लागि हुलिया काटिइसकेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.