नेपाल शिक्षक महासंघ नगर समिति, भीमदत्तले बुझायो ज्ञापनपत्र

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ नगर समिति, भीमदत्तले शिक्षा, युवा तथा खेलकुद शाखा, भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुर भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दास बनाएर बधुवा मजदुर जस्तो व्यवहार गरेको नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष नविन सिंह धामीले बताउनु भयो । “अहिले आफुहरुलाई हटाउनका लागि सुनियोजित ढंगले रणनिति तैयार भईरहेको छ” उहाँले भन्नुभयो, “प्रत्येक ६ महिनामा नविकरण गर्ने भन्ने बुँदामा आफुहरुले काम नगर्ने बरु यही पालिकामा आएर धर्ना दिन्छौ स्थायी शिक्षकहरुले मात्रै पढाउन ”

यस संस्थाले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय विद्यालय शिक्षा एवं विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारीको पेशागत हकहित प्राप्ति तथा संरक्षणका पक्षमा निरन्तर काम गर्दै आएको भएपनि बेलाबेलामा विभिन्न ऐन नियम बनाएर दुख दिन खोजेको बताउनु भयो । सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान, बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्नु पर्ने

अन्यथा कानुन बमोजिम जुनसुकै कारवाही भोग्न पनि तयार रहेको बताउनु भयो । उक्त ज्ञापन पत्रमा महासङ्घको स्थापना (२०७१ साल) पछि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वि.सं. २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा ठूला ठूला आन्दोलन सम्पन्न गरिए। वि.सं. २०७५, २०७८ र २०८० सालमा भएका आन्दोलनमा सरकार र महासङ्घविच भएका सबै सहमति कार्यान्वयन हुने गरी एउटा अग्रगामी विद्यालय शिक्षा ऐन जारी गरियोस्

भन्ने मूल मागका साथ शिक्षक–कर्मचारीको व्यापक सहभागितामा काठमाण्डौंकेन्द्रित २९ दिने पछिल्लो आन्दोलन (२०८१–०८२) पश्चात् राज्य पक्ष र नेपाल शिक्षक महासङ्घविच भएको महत्वपूर्ण सहमति अनुसार शिक्षक कर्मचारीका मागमुद्दाहरु तथा शिक्षा क्षेत्रका विविध समस्याहरु सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी हुने क्रममा रहेका बेला अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका

नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८२÷०२÷११ गतेको चलानी नं. सूच. २५÷२९६६ को राष्ट्रिय सतर्कता केन्द्र, काठमाण्डौको आवश्यक कारवाही गरी जानकारी पठाउने व्यहोराको पत्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मिति २०८२÷०३÷१३, चलानी नं. २११ को सरकारी विद्यालयमा

कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत तथा अनुदानमा कार्यरत करारका शिक्षकहरूको नियुक्ति सम्बन्धमा आवश्यक सहजीकरणका लागि पठाइएको व्यहोराको पत्र तथा शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुरले ९ वटै पालिकालाई सहजीकरण गरी मिति २०८२÷०३÷३१ गते, चलानी नं. १४०५ को पत्रमा उल्लेख गरेको व्यहोरा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९७ को उपनियम ८ र भीमदत्त नगरपालिकाको पत्रमा उल्लेखित नगर शिक्षा नियमावली २०७९ को नियम ५६ नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन

नसकी करारमा नियुक्त भएका शिक्षकहरुबाहेक अन्य अस्थायी प्रकृतिका शिक्षकहरूका हकमा आकर्षित हुने देखिदैन। विगतमा नेपाल सरकारले वि. सं. २०७५ मा अस्थायी प्रकृतिका शिक्षकहरुलाई व्यवस्थापन गर्दा स्वीकृत दरबन्दीबाहेक अरु अस्थायी प्रकृतिका शिक्षकहरुलाई नसमेटेर र राहत अनुदान लगायत अन्य प्रकृतिका शिक्षकहरुको बिरामी विदा समेत प्रमाणित नगरेर गरिएको विभेदपूर्ण

व्यवहारले यसलाई थप पुष्टि गर्ने काम गरेको छ। यसरी स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकबाहेक अन्य अस्थायी प्रकृतिका शिक्षकहरुको नियुक्ति एवं म्याद थप सम्बन्धमा विद्यमान ऐन नियममा स्पष्ट उल्लेख नभएको तथा यी सबै समस्याहरुलाई सम्बोधन गर्ने गरी नयाँ शिक्षा ऐन निर्माणका क्रममा रहेकाले सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान,

बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्न हुन नेपाल शिक्षक महासंघ लगायत यससंग आवद्ध यस भीमदत्त नगरपालिका, कञ्चनपुरमा क्रियाशील सम्पूर्ण पेशागत शिक्षक संघ÷संगठनहरु र नेपाल विद्यालय कर्मचारी परिषद् यसै

ज्ञापनपत्रमार्फत जोडदार माग गर्दछौं। यदि हाम्रो मागलाई सम्बोधन नगरी विभिन्न बहानामा शिक्षक तथा कर्मचारीहरुलाई शिक्षण पेशाप्रति नै वितृष्णा जगाउने, मनोबलमा आघात पुरÞ्याउने तथा प्रताडित गर्ने खालका बुँदाहरु उल्लेख गरी करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं भन्ने कुराको समेत यसै ज्ञापनपत्रमार्फत जानकारी गराउन चाहन्छौं।

अन्तमा सबैखाले शैक्षिक समस्याहरुलाई सम्बोधन गर्न तथा अहिले कायम रहेका सबै शैक्षिक अन्योलतालाई अन्त्य गर्न शीघ्रातिशीघ्र अग्रगामी शिक्षा ऐन जारी गर्न गराउन आफ्नो तर्फबाट हुन सक्ने आवश्यक पहल गरी सहयोग गरी दिन हुन समेत सम्बन्धित सबै पक्षहरुमा हार्दिक अपिल गर्दछौं।

सम्बन्धित

Comments are closed.