निर्वाचन क्षेत्र नम्वर २ आफनो गहन दायित्व भित्र पर्छ ः पूर्वमन्त्री साउद

महेन्द्रनगर । निर्वाचन क्षेत्र नम्वर २ आफनो गहन दायित्व भित्र पर्ने पूर्व परारष्ट्र मन्त्री एनपी साउदले बताउनु भएको छ । विहिवार कञ्चनपुरको बेदकोट नगरपालिका – ०७ गाउजी स्थित जनता माध्यमीक विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यो क्षेत्रको समर्ग विकासका लागि केन्द्रदेखी स्थानिय सरकार सम्म मिलेर काम गरीरहेको बताउनु भयो ।

आफनो क्षेत्रको माया जिम्मेवारी र कर्तव्य बोध गराउने भएकाले यसको विकासमा आफु लागि परेको बताउनु भयो । केन्द्रमा आफुले प्रतिनिधित्व गरेको प्रदेशमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रतिनिधित्व गरेको र स्थानिय सरकारमा मेयर उप मेयरले प्रतिनिधित्व गरेको बताउनु भयो ।

स्थानिय सरकारलाइ अझै बढी बलियो बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले विकासका धेरै समस्याहरु, आवस्यक्ताहरु र कार्यान्वयनका चरणमा आफनै विकास र आफनै बढी चाँसो लिएर काम गर्ने भएका ले स्थानिय सरकारलाई अझै बढी शक्तिशाली बनाउने विषयमा छलफल भईरहेको बताउनु भयो ।

विद्यालयको २ कोठे पक्की भवनको कार्य गुणस्तरिय समयमा नै सम्पन्न गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनु भयो । पूर्वमन्त्री साउदले शिक्षा क्षेत्रमा ठुलो दुरावस्था झेल्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

पहाडमा विद्यालयमा भौतिक संरचना रहेको शिक्षकहरु प्नि पर्याप्त रहे पनि अध्ययन गर्नका लागि विदार्थीहरुको अभाव रहेको बताउनु भयो । बसाई सरेर तराँइ आउने यही बस्ने र आफना बालबालिकाहरुलाई यतै पढाउने, फेरी तराईमा शिक्षकको अभाव भौतिक संरचनाको अभाव रहने अवस्था रहेको बताउनु भयो ।

गरिएको लगानीले समृद्ध समाज निर्माणमा टेवा पु¥याउने बताए । उनले विद्यालयको पूर्वाधार विकासका लागि आफू सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त शिलान्यास कार्यक्रममा बेदकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख वडाध्यक्ष लगाएतका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानिय लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई शिक्षक महेशराज भट्टले संचालन गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.