बाजुरा जीप दुर्घटना ः घाइते १३ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

महेन्द्रनगर । । बाजुरामा बिहिवार बिहान भएको जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाले उद्धार गरेको छ । सेनाले उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । हिमाली गाउँपालिकामा क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटना भएको थियो ।

बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएका चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको

हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए । दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको थियो भने उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको ज्यान गएको थियो ।

सम्बन्धित

Comments are closed.