नेपालको कराँतेको ईतिहासमा पहिलो पटक जापान कराते डो.कोशिकाई प्रथम राष्ट्रिय कुबुदो स्पेसल सेमिनारमा उत्कृष्ट प्रर्शन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश बाट करातेमा ईतिहस रच्न सफल भएको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल यती बेला कोशी प्रदेशको ईटहरीमा रहेको छ । नेपालको कराँतेको ईतिहासमा पहिलो पटक प्रथम राष्ट्रिय कुबुदो स्पेसल सेमिनार ऐतिहासिक यादगार कार्यक्रममा  सहभागिता जनाउन संघ विगत ३ दिनदेखी उक्त क्षेत्रमा रहेको छ ।

सावन ७,८ र ९ गते सम्म कोशी प्रदेशको ईटहरीमा भव्यताका साथ सम्पन्न हुने कार्यक्रममा नेपालमा रहेको करातेको ईतिहासमा पहिलो पटक सुदूरपश्चिम प्रदेश बाट जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालले कुबुदो को प्रशिक्षण गर्ने सुवर्ण अबसर पाएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले जानकारी दिनु भएको छ ।

उक्त कुबुदो को प्रशिक्षण बिश्व कराते कुबुदो ग्रान्डमास्टर गिवो गियु यच क्यु ले प्रदान गरेको रु यो आफना खेलाडीहरु र समर्ग देशका लागि गौरवको विषय रहेको बताउनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेश बाट जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल का ग्रान्डमास्टर हन्शी अभिषेक सिंह,गुरु, सोनम पुजारा, गणेश भट्ट, पबेन्द्र कुमार धामीको सहभागिता रहेको छ ।

यसैगरी अमृता भाट, पुजा चौधरी, भुवनेश्वरी दयाल, रागिनी नेपाली, खुशी सुनार, रोशनी रैकाल, हेमन्ती भाट, सुशान्त भट्ट, प्रनिल डगौरा, कोमल ओड लगायत का खेलाडीहरु लाई उक्त प्रशिक्षणमा भाग लिएका छन् ।

उक्त प्रशिक्षणमा लाठि,बो, तोम्फा, नाईन चाकु लगायतको कला र सिपको सिकाई भएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंह ले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले उक्त प्रशिक्षण कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ग्रान्डमास्टर ले सुदूरपश्चिम प्रदेश का खेलाडीहरु लाई बधाई र धन्यवाद व्यक्त गर्नु भएको छ ।

सम्बन्धित

Comments are closed.