कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला २०८२ को आयोजना हुँदै

महेन्द्रनगर । कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला २०८२ को आयोजना हुने भएको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजनामा महेन्द्रनगरको खुल्ला मञ्चमा हुन गइरहेको उक्त मेला सावन ९ देखी २९ गतेसम्म रात्रीकालिन मेला लाग्ने भएको हो ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुने आयोजकले जनाएका छन् । उज्यालो बत्तिले सजिएको, रमाइलो स्टलहरू र परम्परागत प्रस्तुतिले भरिएको महेन्द्रनगरको रात्रिकालीन महोत्सवमा एक फरक अनुभव गर्नुहुने आयोजकको दावी रहेको छ ।

राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने साथै, लोकनृत्य, आधुनिक संगीत, पारम्परिक थारु नृत्यहरु प्रस्तुति रहने भएको छ । साथै, स्थानिय खानाका स्टलहरू ढिक्री, चिचर, घोंघी, पकुवा र अन्य परिकारहरू प्रदान गरिने भएको छ ।

उज्यालो र सजावट बत्तीहरू र रंगीन लाइटहरूमा राती सुरक्षित वातावरणमा मेलाको आयोजना हुने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले जानकारी दिनु भयो । टिकट दर १०० रुपैँया रहेको छ भने विद्यार्थीहरुलाई ५० रुपैँया लागु हुने भएको छ ।

टिकटबाट उठेको रकम ( एक टिकट) बाट २ रुपैँया नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको अक्षयकोषमा सहयोग गरिने यसैगरी, शारिरिक अपाङगता प्रवद्र्धन समाजको ह्विल चियर बास्केट बलको प्रवद्र्धनका लागि दिईने र पाङिकबाट उठेको रकम जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने बताउनु भयो ।

राष्ट्रियस्तरका बहु चर्चित कलाकारहरु र सथानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मेला व्यवस्थापक करनसिंह पालले बताउनु भयो ।

कलाकारहरु एलिना चौहान, ज्योती मगर, प्रिती आले,टंक तिमिल्सेना, जिबब, चक्र बम, वद्री प्रगेनी, रामजी खाण, खुमन अधिकारी, टिका पुना, रमेशराज भट्टराई, लालबहादुर धामी अछामी बड्डोलगायतका कालकारहरुको बेजोड प्रस्तुती रहने उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.