महेन्द्रनगर । समाजसेवी डा. कृष्णदत्त जोशी बोक्सर भारतमा सम्मानित भएका छन् । प्रवास नेपाली कल्याणकारी चेरिटेवल ट्रष्ट कर्नाटक भारतको प्रथम वार्षिक उत्सवमा जोशीलाई सम्मान गरिएको छ ।
दलीय आवद्धता छाडेर स्वतन्त्र भएका जोशी कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा थोरै मतले भीमदत्त नगरपालिकाको उप मेयर पराजित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । उनी महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुन् ।
भारतमा जोशीलाई प्रवास नेपाली कल्याणकारी चेरिटेवल ट्रष्ट कर्नाटक सहित जनउत्थान नेपाल प्रवासी संस्था भारत, मेची महाकाली एसोसिएसन संस्था भारत नयाँ दिल्ली, हिमालय युवा संघ बैंगलुरु दक्षिण भारत लगायतले सम्मान गरेको छ ।नेपालीहरुका यी संस्थाले भारतमा आपशी भेटघाट, साँस्कृतिक जगेर्ना लगायतका विभिन्न विषयमा प्रवासीसँग अभियान सञ्चालन गर्दै आएका छन् ।
Comments are closed.