सुदूरपश्चिमका चार स्थानीय तहमा साउन ११ गते सार्वजनिक बिदा

महेन्द्रनगर । राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा सुदूरपश्चिमका चार स्थानीय तहले साउन ११ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका पुनर्वास नगरपालिका कैलालीको धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

रानाथारु समुदायको बसोबास सुदूरपश्चिममा मात्रै रहेको छ। यो समुदायका महिलाले आफ्ना भाइहरूको आयु बढाउन तीज पर्वमा व्रत बस्छन् ।

पहिला पहिला यो पर्व एक महिना नै मनाउने चलन थियो। अहिले भने कम्तीमा एक साता मनाउँछन्। पर्वमा साउने डोला पिङ खेल्ने चलन छ । अहिले विभिन्न ठाउँमा तिजको रौनक चलेको छ। यही पर्वको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम पनि भइरहेका छन् ।

सम्बन्धित

Comments are closed.