मण्डी व्यवसायी संघ कञ्चनपुरको १६ औं वार्षिक साधारणसभा एवम ९ औं अधिवेशनको उदघाटन कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर मण्डी व्यवसायी संघ कञ्चनपुरको १६ औं वार्षिक साधारणसभा एवम ९ औं अधिवेशनको  उदघाटन सत्र सम्पन्न भएको छ । सनिवार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर मण्डी व्यवसायी संघ कञ्चनपुरको १६ औं वार्षिक साधारणसभा एवं ९ औं अधिवेशन महेन्द्रनगर स्थित सब्जी मण्डीमा सम्पन्न भएको हो ।

आगामी दिनमा बिषादी परिक्षण गरि स्वच्छ तरकारी उत्पादनमा विशेष जोड्न आग्रह गर्दै सधै साथ सहयोग रहने कृषि ज्ञान केन्द्र प्रमुख गोबिन्द सिजापती प्रतिबद्धता गर्नु भयो ।

उद्योग वाणिज्य संघ कञ्चनपुरका सचिव राहुल भट्ट व्यवसाय लाई व्यवस्थापन गर्नमा आगामी दिनमा कृषकले उत्पादनले गरेका बस्तु लाई उपभोक्ता माझ पुगाउनु पर्नेमा जोड दिनु पर्ने बताए।

उनले व्यवसाय लाई व्यवस्थापनमा विशेष जोड दिदै बजारीकरणमा समेत ध्यान दिनु पर्ने छ । कञ्चनपुर मण्डी व्यवसाय लाई थप नयाँ बनाउने उद्देश्यले काम कार्य अगाडि बढाउने योजनाका साथ बजेट विनियोजन गरिएको र थप सरसफाइमा समेत ध्यान दिनु पर्ने भीमदत्त नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट बताउनु भयो। आगामी दिनमा समन्वय सहकार्य संगै भीमदत्त नगरपालिका र वडा कार्यालयले गर्ने काममा सधै संगै हुने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

उत्पादन गरेका बस्तुलाई उपभोक्तको माझमा पुगाउनको लागि सरल बनाउन सबै संग समन्वय र सहकार्य मुख्य पाटो रहेको हुँदा यो कुरामा विशेष जोड दिनु पर्ने प्रमुख अतिथि नेपाल फलफुल तथा तरकारी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चपाई बताए

उनले बिषादी परिक्षण लगायतका कुरामा राज्यले विशेष जोड दिनु पर्ने बताए । मण्डी व्यवसाय भनेको राज्यको समेत मेरुदण्ड रहेको हुँदा आगामी दिनमा व्यवसाय लाई सुधार गर्नु पर्ने देखिएको हुँदा उक्त कुरालाई विशेष जोड दिने र पहिलो प्राथमिकता भनेको व्यवसाय लाई व्यवस्थापन लगायत सरसफाइमा विशेष जोड दिनु पर्ने देखिएको छ।

व्यवसाय गर्न क्रममा कृषि बजारको निर्माण कार्यलाई तिब्रता दिन आर्थिक वर्ष २०८२÷०८३ मा एक करोड रुपैया विनियोजन भएको हुँदा सम्पुर्ण स्थानीय सरकार लगायत लाई समेत विशेष धन्यवाद दिएका छन्।

जसलाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्दै निमन्त्रणा लाई सहजै सुइकार्दै कार्यक्रममा आउनु भएका सम्पुर्ण अतिथि गणलाई कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले धन्यवाद समेत दिनु भयो।

उनले ठेला व्यवसाय र फड व्यवसाय लाई व्यवस्थापनमा जोड दिनु पर्ने कुरालाई स्थानीय सरकार लाई समेत अनुरोध गरेका छन् । कार्यक्रमका सभापति कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार, प्रमुख अतिथि नेपाल फलफुल तथा तरकारी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चपाई , विशिष्ट अतिथि भीमदत्त नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट ,

उद्योग वाणिज्य संघका सचिव राहुल भट्ट, कृषि ज्ञान केन्द्र प्रमुख गोबिन्द सिजापती , फलफुल तथा तरकारी व्यवसाय संघका अध्यक्ष महादेव भट्ट लगायत मण्डी व्यवसायीहरुको उपस्थिति रहेको थियो। महासचिव गोबिन्द सिंह साउँदले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। निवर्तमान अध्यक्ष तर्कराज भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.