महेन्द्रनगर । नेपाली काँग्रेस नेता एनपी साउँदले निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । पुर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य एनपि साउँदले समाजिक सञ्जाल फेसबुक मार्फत निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका हुन ।
निर्मला मृत फेला परेकै मिति ११ साउनमा फेसबुकमा स्टाटस राख्दै साउदले निर्मला पन्तको बलात्कार पछि हत्या भएको ७ बर्ष पुरा भएको तर, सत्ता, शक्ति सरचनामा आएका नियमित परिर्वतनले पनि दोषिहरु कानुनी दायरमा आउन नसकेकोे जनाएका छन ।
सत्ताधारी काँग्रेस नेता साउँदले सरकारलाई अनुसन्धान सार्थक रुपमा अघि बढाएर अपराधीलाई कानुनी कठघरमा उभ्याउन पुनस् घचघच्याउने उद्घोषण गरेका छन ।
यस्तो लेखेका छन, सामाजिक सञ्जालमा नेता साउँदले

Comments are closed.