छाउपडी प्रथाको विषयमा प्रदेश सांसद मधु भारतीको गर्जन, मनको छाउगोठ भत्काउन जरुरी

सुदूरपश्चिम प्रदेश सांसद मधु भारतीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतेकी महिलाको मृत्युको विषयमा सुदूरपश्चिम प्रदेशसभाको शून्य समयमा बोल्दै गम्भीर प्रश्न उठाएकी छन् ।प्रदेश सभाको आइतबार बसेको बैठकमा बोल्दै छाउपडी प्रथाविरुद्धको ऐन, कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी चेलीबेटीको जीउज्यान सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका हुन्।

सांसद भारतीले सर्पदंशबाट २८ वर्षीया कमला दमाई (औजी) को ज्यान गएको घटनालाई समाजमा व्याप्त कुरिती, कुसंस्कार र अन्धविश्वासको त्रासदीपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्दै सभामुखको ध्यानाकर्षण गराइन् ।

यो एक्काइसौ सताब्दीमा आएर पनि यस्तो कुरुती कुसंस्कारका कारण प्रदेशमा महिलाको निधन हुनु आफैमा नकारात्मक पक्ष रहेको र सभ्य समाज निर्माण गर्नमा बाधक रहेको बताउनु भयो ।

यो समयमा आएर सुदूरपश्चिम प्रदेशमा अहिलेपनि यो कुरुती कुसंस्कार जिवितै रहेको पाईएको बताउनु भताईन् । अहिले पनि सुदूरपश्चिमका कतिपय जिल्लामा छाउपडी प्रथा कायम रहेको हुँदा महिलाहरुले अकालमा आफनो मृत्यु वरण गरीरहेको हुँदा सरकारे गम्भिर ध्यानाकर्षण गर्न चाहेको बताईन् ।

कानुन हँुदा–हँुदै महिलाहरूलाई छाउपडीका नाममा असुरक्षित गोठमा सुत्न बाध्य हुने,र मृत्युवरण गर्नुपर्ने समस्या रहको भएर यो नितिगत मात्रै नभएर व्यवहारीक रुपमा समाजबाट निर्मुल पार्ने अभियान संचालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहेको बताईन् ।

छाउगोठ भत्काएर मात्रै हुँदैन मन भित्रको छाउगोठ भत्काउन जरुरी रहेको बताईन् । साथै आर्थिक वर्ष २०८२ र ८३ मा विनियोजन भएका विकास निर्माणको योजनाहरु समयमा नै सम्पन्न जोरदार माग राख्नु भएको छ ।

 

सम्बन्धित

Comments are closed.