दिउसो सुदुरपश्चिममा मेघगर्जन सहित मध्यम बर्षा हुने सम्भावना

आज सावन १६ गते शुक्रबार बिहानै कञ्चनपुरको केही स्थानमा सिमसिमे पानी परेको छ भने आज दिउसो कञ्चनपुर सहित सुदुरपश्चिमको अन्य पहाडी जिल्लामा मेघगर्जन सहित मध्यम बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
आज राती कोशी, मधेश, बागमति र गण्डकी प्रदेश लगायत देशको पहाडी भु भाग तथा तराई भु भागमा बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच,
ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.