आज भाद्र १२ गते बिहिबार बिहानै देखि कञ्चनपुरको विभिन्न स्थानमा बर्षा भएको छ भने आज दिउसो र राती पनि कञ्चनपुर सहित सुदुरपश्चिमको पहाडी जिल्लामा भारी बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
आज राती कोशी, गण्डकी, कर्णाली र लुम्बीनी प्रदेशमा, त्यस्तै दिउसो बागमति , गण्डकी र लुम्बीनी प्रदेशमा पनि मध्यम बर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच,
ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
शुक्लाफाँटा खबर
6584 posts
Comments are closed.