महाकाली मोडर्न पब्लिक स्कुलमा ‘बुक फ्री फ्राइडे’ प्रभावकारी बन्दै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले जिल्लामै किताव रहित शुक्रवार अर्थात ‘बुक फ्री फ्राइडे’ लाई प्रभावकारी रुपमा संचालनमा ल्याएको छ । विद्यालयले प्रत्येक शुक्रवार विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय रूपमा संलग्न गराई रहेको छ ।

उनिहरुलाई बत्ती काट्ने, दुना टपरी बनाउने, संगित कक्षा, धार्मीक कक्षा, स्काउट कक्षा, विभिन्न अन्य अतिरिक्त गतिविधीहरु संचालन गररिहेको छ । विद्यार्थीहरूमा निहित क्षमता, प्रतिभा र सिपको पहिचान तथा प्रस्फुटन गर्न, साथै हाम्रो मौलिक कला, संस्कृति र संस्कारबारे सशक्त रूपमा सिकाउने उद्देश्यले यो ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागू गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाले यो ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागू गर्नुभन्दा पहिले देखी नै हाम्रो विद्यालयले संचालनमा ल्याईसकको उहाँले बताउनु भयो । विगतदेखी नै अली फरकशैली फरकपनमा विद्यालयले काम गरीरहेको भएर कितावी ज्ञानसंगै उनिहरुको प्रतिभा, सिप, दक्षता, लगनशिलता र रुची अनुरुप नै विद्यार्थीहरुलाई शुक्रवारको दिनमा यी विभिन्न क्रियाकलापमा

जागरुक गराउन र सिकाई गराउन यो कार्यक्रम संचालनमा ल्याएको उहाँले बताउनु भयो । अहिले कक्षा ५ सम्म लेसन प्लान बनाएर शिक्षकहरुले अध्यापन गराउने गुणस्तरिय शिक्षा प्रदान गर्न लागी परेको बताउनु भयो । भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले यो विद्यालयले जिल्लामा नमुना कार्य गरेको बताउनु भयो ।

गत आर्थिक वर्षमा भिमदत्त नगरपालिकाले विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागू गरेको र यो विद्यालयले गम्भिरता पूर्वक संचालन गरेको र आफुले पनि अनुगमन गर्दा विद्यार्थीहरुले आफनो रुची अनुरुप काम गरीरहेको पाएको बताउनु भयो ।

यस्तो कार्यले उनिहरुले आफनो दैनिक जिवनमा काम लाग्ने खालका सिपहरु सिक्ने र आफनो व्यवहारमा पनि लागु् गर्ने जस्ले गर्दा उनिहरमा काम गर्ने प्रोत्साहन मिल्ने सिप सिक्ने बानीको विकास हुने बताउनु भयो ।

शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही, व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप विकासमा केन्द्रित होस् भन्ने पालिकाको चाहना रहेको बताउनु भयो ।

उक्त कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयहरूलाई अनुरोध गर्नु भयो ।

सम्बन्धित

Comments are closed.