महेन्द्रनगर । भारतको धारचुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिने भएको छ ।
धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ।मंगलवार सावन २० गते विहान ६ बजेदेखी २१ गते विहान ६ बजेसम्म बाँध खोलिने भएको हो ।
धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ ।

Comments are closed.