महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथलाई गायक नवराज कालौनीले फोहर राख्ने भाँडा अर्थात डस्टविन सहयोग गरेका छन् । वेदकोट नगरपालिका ८ हाल अस्ट्रेलियामा रहेका उनले ५ वटा डस्टविन सहयोग गरेका हुन् ।
आफु पनि कञ्चनपुरको वासिन्दा भएको र पावर अफ युथले गरेको सामाजिक कार्य अति नै उत्कृष्ट रहेको बताउँदै गायक कलौनीले अन्यलाई पनि साथ र साहयोग गर्न आग्रह गरे ।कञ्चनपुरमा रहेको पावर अफ युथले प्रत्येक शनिवार महेन्द्रनगरका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरी रहेको छ ।
अब बदलिन्छ — हाम्रो महेन्द्रनगर
मात्रै सरसफाइ होइन, यो हो परिवर्तनको अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर शनिवार विहान सरसफाई कार्यक्रम गर्दै आईरहेको छ ।
हामी स्वच्छ, हरित र सुन्दर महेन्द्रनगरको सपना देख्दैछौँ — तपाईंको सहभागिता अनिवार्य छ भनेर उनिहरुले उक्त सरसफाई अभियानमा सहभागिताको लागि आग्रह गरेका छन् ।
साथै व्यवस्थापन गर्न डस्टबिनको आवस्यक परेको भएर उनिहरुले ईच्छुक सहयोगी दातालाई आग्रह गरेका छन, जस्को लागि ९७४६२६४१९६ मा सम्पर्क गर्न सकिने छ ।
Comments are closed.