महाकाली नदीमा पानी बहाव बढने, सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा रहेको महाकाली नदी र सहायक नदीमा पानीको वहाव बढने जनाएको छ । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ बजेदेखि नदीको जलसतह घटेको जानकारी गराए।

बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो ।

अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,’ उनले भने, ’आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।’

बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ ।

सम्बन्धित

Comments are closed.