मनसुन लक्षित पूर्व तयारीका लागि गरेका पहल सम्बन्धी सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले समुदाय स्तरीय विपद व्यवस्थापन समितिले गरेका असल अभ्यासहरू र २०८२ को मनसुन लक्षित पूर्व तयारीका लागि गरेका पहल सम्बन्धी सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा संचालित (स्कोप आर थ्री ) दोस्रो चरण परियोजना अन्तरगत भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालीका र बेलडाँडी गाउँपालिकामा विपद सम्पर्क व्यक्ति र सामुदायिक विपद व्यवस्थापन समितिका सदस्यहरूले विगत र वर्तमानमा पूर्व तयारीका लागि गरेका पहल विषयमा कार्यशाला सञ्चालन गरेको हो ।

निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा संचालित (स्कोप आर थ्री ) दोस्रो चरण परियोजनाका संयोजक ईश्वर उपाध्यायले विपद व्यवस्थापनको क्षेत्रमा एक्लैले मात्रै समाधान गर्न नसक्ने विषय भएकाले यो संग सम्बन्धित सरोकारवाल संग समन्वयमा रहेर यसको न्युनिकरण गर्न सकिन्छ भनेर आजको यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

समुदायस्तरिय विपद व्यवस्थापन समितिले कस्ता कार्य गरीरहेको छ,पूर्व तयारीको कार्य के कसरी गरीरहेका छन ? कस्ता कार्य आगामी दिनमा गर्न सकिन्छ ? भने विषयमा रहेर छलफल भएको बताउनु भयो ।

पूर्व सूचना प्रणालीको विस्तार,सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता विकास, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिकमा सहयोग, पशु चौपायाका लागि बीमा,विपद जोखिम न्यूनीकरणका लागि अल्पिकरणका योजना र आर्थिक उन्नतिका योजना संस्थाले गरिएको बताउनु भयो ।

यसैगरी भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलले अहिले मनसुन चलिरहेको अवस्थामा विपद पनि बढी हुने भएकाले यसको पूर्व तयारीमा पालिकाले पनि काम गरी रहेको र सुचना सम्प्रेषण र स्थानिय वडा विपद व्यवस्थापन समिति र सामुदायिक विपद व्यवस्थापन समितिलाई चलायमान बनाएको बताउनु भयो ।

विपद पूर्वका समग्रीहरु खोज उद्धारमा लाग्ने सामग्रीहरु पनि वितरण गरेको बताउनु भयो । बेलडाँडी गाउँपालिकाका डिआरआर फोकल पर्सन पुरुषोत्तम जोशीले विपदको क्षेत्रमा निड्स नेपालले कार्य गरीरहेको र विभिन्न तालिमहरु पनि प्रदान गरेको बताउनु भयो ।

जस्ले गर्दा विपदमा र विपद पश्चात गरिने कामहरु पनि सिकाएको बताउनु भयो । दोधारा चाँदनी नगरपालिकाको विपद सम्पर्क व्यक्ती अमृत विकले विपदलाई न्युनिकरण गर्न संस्थाले विभिन्न कार्यहरु गरेको बताउनु भयो ।

विभिन्न खोज उद्धारमा चाहिने सामग्रीहरु कसरी विपदबाट पिडित भएकाअरुलाई कसरी उत्थानशिलता तर्फ लैजान सकिन्छ भन्ने विषयमा पनि संस्थाले काम गरेको बताउनु भयो ।

भीमदत्त नगरपालिका १३ पिपरैयाकी कविता लुहारले विगतमा विपद आउने वा बाढी आउने पूर्व सुचनाको व्यवस्था नभएर नै लाँखौ क्षती हुने मानविय क्षती हुने गरेको भएपनि अहिले विभिन्न क्षेधत्रमा र अहिले विपद पूर्वका सुचना दिने व्यवस्थाले सुरक्षा दिएको बताउनु भयो ।

अहिले बाढी आउनु पूर्व सुरक्षित स्थानमा गएर आफनो ज्यान बचाउने आफना लत्ता कपडा अन्न पनि बचाउन सकेको उल्लेख गर्नुभयो । साथै संस्थाले दिएका खाृज तथा उद्धारका सामग्रीहरुले पनि सजिलो भएको र जिविकोपार्जनमा पनि सहयोग गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.