कैलालीको श्री नवदुर्गा आवि जुगेडामा नशामुक्ति अभियान कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२, जनकबस्ती जुगेडामा रहेको श्री नवदुर्गा आधारभूत विद्यालयमा नशामुक्ति अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।

विगत लामो समयदेखि भारतमा सामाजिक अभियन्ता एवम् वरिष्ठ साहित्यकार डा. पीताम्बर अवस्थीले शुरू गर्नुभएको नशामुक्ति अभियानले भारतमा पुनर्जागरणको रूपमा प्रभाव पार्दै आएपछि नेपालमा पनि नशामुक्ति अभियानको आरम्भ गरिएको छ ।

कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाहरूमा पनि यो संचालनमा आएका छन् । युवा पिढीलाई समाजका गलत मनोवृत्ति भएका व्यक्तिहरूले लागू औषधिको कुलतमा फसाएर समाज , परिवार र देशलाई नै अधोगति तिर लगिरहेको भयावह अवस्थालाई मध्यनजर गरि थालिएको यो अभियान शुक्रवार एक कार्यक्रमको आयोजना गरीसम्पन्न गरिएको छ ।

कार्यक्रममा विद्यालयकी शिक्षिका सिसा थापा , शिक्षक गणेश नेपाली र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम साना बालबालिका मार्फत अभिभावक सम्म लागू औषध दुर्व्यसन लगायत मदिरा, बिडी, चुरोट , तमाखु, सुर्ती , खैनी, गुट्खा लगायत कुनै पनि मद्यपान र धुम्रपान सेवन गर्नु हुदैन भन्ने संदेश पुर्‍याउने रहेको छ ।

मद्यपान, धुम्रपान र लागुऔषधले जिउज्यान , धन, सम्पत्ति र सामाजिक प्रतिष्ठा समेत नाश हुने भएकोले कुनै पनि व्यक्ती, समाज र देशले नशा र कुलत विरुद्ध सशक्त भै लाग्नुपर्ने आवस्यकता रहेको बताइएको थियो ।

चरित्रवान नागरिक निर्माण गर्न नशा र कुलत विरूद्ध धेरै यस्ता कार्यक्रम गर्नुपर्ने देखिएकोले विद्यालहरूमा यस्ता कार्यक्रमहरू गर्न थालिएको हो ।

कुलत र नशाका कारण समाजमा आपराधिक घटनाहरू हुने भएकोले कुनैपनी देशको सरकारले कडाभन्दा कडा कानुन बनाई लागू गर्नु पर्ने भनिएको थियो ।

कार्यक्रम अन्य विद्यालय र क्याम्पसहरूमा पनि संचालन गरिने बताइएको छ ।

सम्बन्धित

Comments are closed.