महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले जलवायु परिवर्तन अनुकुलन सम्बन्धी १ दिने अभिमुखीकरण सम्पन्न गरेको छ । कोईका र अक्सफामको सहयोगमा महिला शसक्तिकरण कार्यक्रम अन्तरगत रहेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

कार्यक्रमको सभाध्यक्षमा संस्थाका निवर्तमान अध्यक्ष अन्जु भट्ट, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो । यसैगरी वार्ड सदस्यहरु, भीमदत्त नगरपालिकाका विपद फोकल पर्सन मनोज प्रशाद भट्ट, बालबालिका तथा महिला शाखाका प्रतिनिधी, महिला सशक्तिकरण समुहका सदस्यहरुलगायतको उपश्थिती रहेको थियो ।

उक्त कार्यक्रमको प्रशिक्षकमा केशव दत्त भट्ट रहनु भएको थियो । उक्त १ दिने अभिमुखीकरण कार्यक्रममा जलवायु परिवर्तनका कारण, असर, बच्ने उपायहरु,मौसम, खडेरी, प्रका्पको अवस्था, अनुकुलन, उत्थानशिलता, हरित गृह ग्यास, प्रभाव र बच्ने उपायहरुको विषयमा छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले जलवायु परिवर्तन अनुकुलन सम्बन्धी १ दिने अभिमुखीकरणमा सिकेका विषयवस्तुलाई आफनो समुदायमा समुहमा गएर उहाँहरुलाई पनि सिकाउन आग्रह गर्नु भयो ।
पछिल्लो समय जलवायु परिवर्तनको असरकाट महिलाहरु बढी जोखिममा रहेको बताउँदै, आफनो वरपर समुदमया सरसफाई मात्रै गरेको खण्डमा पनि वातावरण सफा रहने र आफनो स्वास्थ्य पनि सफा रहने बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष संस्थाका निवर्तमान अध्यक्ष अन्जु भट्टले विगतदेखी भीमदत्त नगरपालिकाले सहयोग गर्दै आएको र यो अभिमुखीकरणमा सिकेका विषयलाई समुहमा गएर अन्य सदस्यहरुलाई प्रदान गर्न आग्रह गर्नु भयो ।
महिला शसक्तिकरणका कार्यक्रम संयोजक नविन भट्टले जलवायु परिवर्तनबा असरहरुबाट कसरी अनुकुलन हुन सकिन्छ भन्ने ज्ञान दिन र महिलाहरुलाई जलवायु परिवर्तनबाट बच्ने उपायहरु सिकाउनको लागि आजको कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
विषेश गरेर जलवायु परिवर्तनको असहरुबाट महिला बालबालिकाहरु बढी प्रभावित भईरहेको र आफनो कार्यक्रम पनि महिला शसक्तिकरण रहेको र महिला लक्षित कार्यक्रम भएको हुँदा उहाँहरुलाई बोलाएर यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
साथै यहाँ सिकेका विषयवस्तुहरुमा रहेर कार्य योजना निर्माण गरीएको र समुदाय र आफनो जिवनमा लागु गर्ने प्रतिवद्धता गरेको बताउनु भयो ।
कार्यक्रमका सहभागी भीमदत्त नगरपालिका १८ खैरभट्टी सिर्जना महिला शसक्तिकरणको सदस्य हरिना भट्ट पाण्डेयले आफुले जलवायु, मौसम, यसको असर बच्ने उपायहरुको बारेमा जानकारी पाएको बताउनु भयो ।
साथै आफुले सिकेका विषयलाई समुहमा गएर अन्य सदस्यहरुलाई सिकाउने बताउनु भयो ।
Comments are closed.