महेन्द्रनगर । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्।कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन्।
नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन्।अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए।
एसपी मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन्।उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको एसपी मिश्रले बताए।
नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताए।आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।
Comments are closed.