महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र (घ ) सम्मेलन वर्ष २०२५ को आयोजना हुने भएको छ । महेन्द्रनगर जेसिज वर्ष २०२५ ले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ३ र ४ गते नेपाल जेसीज क्षेत्र (घ ) सम्मेलन वर्ष २०२५ को आयोजना हुने जानकारी गराईएको हो ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगर सिटी हलमा हुने उक्त सम्मेलनको तयारी तिव्र रुपमा भईरहेको आयोजकले जनाएको छ । महेन्द्रनगर जेसीज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले यस अघि पनि निर्माणाधिन महेन्द्रनगर सिटी हलमै राष्ट्रिय स्तरकै कार्यक्रम गरिएको र अहिले पनि राष्ट्रिय स्तरकै कार्यक्रम हुने बताए ।
अवस्थीका अनुसार महेन्द्रनगर जेसीज स्थापना भएको झण्डै चार दशक अर्थात ३८औँ बर्षमा फेरी जेसीजका ५८ शाखाका प्रतिनिधी, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी, पुर्व पदाधिकारी सहित गरेर डेढ हजारको सहभागितामा यस पटक पनि क्षेत्रीय सम्मेलन हुन लागेको छ ।
अध्यक्ष अवस्थीले सम्मेलनको उद्घाटन समारोहपछि विभिन्न समुह बनाएर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिने बताए । ‘विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई कञ्चनपुरका प्रसिद्ध पर्यटकीय गन्तव्यको भ्रमण गराईनेछ, ‘उनले भने, ‘यसबाट सुदूरपश्चिमको आन्तरिक पर्याटन प्रर्बद्धन हुनेछ ।’
४० बर्षमुनीका दुई प्रतिभावान युवाहरुलाई सम्मान गरिनेछ । सम्मेलनका लागि १ करोड बढी खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।सम्मेलनबाट जिल्लाको धार्मिक, ऐतिहासिक पर्यटकीय साँस्कृति गन्तव्यको पहिचान गराएर आगामी १० बर्षसम्म अधिकतम पर्यटक भित्र्रिने आधार तय हुनेछ ।
युवाहरुविच अनुभव सीप अनुभव आदान प्रदान, रैथाने उत्पादनदेखि उद्यमीलाई प्रर्बद्धन गर्ने, कला संस्कृति, विनिमय प्रर्बद्धन हुने अपेक्षा राखिएको छ ।महेन्द्रनगर जेसीज बर्ष ०२५का महासचिव लक्ष्मण दत्त पन्तले सम्मेलनका लागि भीमदत्त नगरपालिकाले समेत प्राविधिक तथा भौतिक सहयोग गरेको बताए ।
महासचिव पन्तले सप्ताहदेखि तयारी सगसंगै रहेको बताए । नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको सम्मेलनमा महेन्द्रनगर जेसीज तयारीमा जुटेको हो । यस अघि ०१५ मा ४२ औँ राष्ट्रिय महाधिवेशन महेन्द्रनगर सिटी हलमै गरिएको थियो ।
सम्मेलन गरेसंगै संचालनमा आउन नसकेको सिटीहल संचालन हुने अपेक्षा गरिएको छ ।सन १९९० महेन्द्रनगर जेसीजले भीमदत्त नगरपालिका १राजिपुरमा प्रौढ शिक्षाबाट शुरुवात गरेर अहिले बालविकासदेखि १२कक्षासम्म विद्यालय संचालनमा रहेको स्मरण गराउँदै जेसीजले समाजिक काम गर्दै आएको बताए ।
सहयोगका लागिथ समेत महासचिव पन्तले सरोकारवालामा आब्हान गरेका छन । यसका साथै मंगलबारदेखि कञ्चनपुरमा जेसीज सप्ताह शुरु गरिएको बताए ।‘पहिलो दिन महाकाली अस्पतालमा उपचारार्थ बिरामीलाई फलफुल वितरण गरेर सप्ताहको शुरुवात गरेका छौँ, ‘उनले भने, ‘दोस्रो दिन अनाथ बालबालिकासंगै खाना खाएर मनाएका छौँ ।
’तेस्रो दिन बृद्धआश्रममा खाद्यान्न वितरण, चौथो दिन जेसीज माविमा खेलकुद समाग्री वितरण, पाँचौँ दिन जनप्रतिनिधीसग छलफल, अन्तरकृया, छैटौँ दिन ईको पार्कमा बृक्षारोपण र सातौँ दिन रक्तदान गरेर जेसीज सप्ताह समापन गरिने छ ।जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष एव सम्मेलन निर्देशक कृष्ण प्रशाद पाठकले सम्मेलनबाट यस क्षेत्रमा ओझेमा रहेको सिटीहल संचालनदेखिका अन्य सम्भावना अघि बढाउने बताए ।
उनले आर्थिक सम्बृद्धिका लागि आन्तरिक पर्यापर्यटनदेखि युवाको सीप समेत महत्वपूर्ण हुने भएकाले सम्मेलनले थुप्रै क्षेत्रमा आयाम बढाउने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले जेसीज समाजिक संस्थाले गर्ने बृहद कार्यक्रमबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने भएकाले समाजिक काममा महासंघ लगायत पत्रकारको साथ सर्मथन सहयोग हुने विश्वास व्यक्त गरेका छन ।
सम्मेलन सफल पार्नका लागि विभिन्न समिति, उपसमिति गठन गरेर सोही अनुरुप तयारी तिव्र पारिएको छ । पुर्व अध्यक्ष कृष्ण प्रशाद पाठकको संयोजकत्वमा सम्मेलन निर्देशक समिति, पुर्व अध्यक्ष हरिश भट्टको सम्मेलन महासचिव, पुर्व अध्यक्ष सम्मेलन कोषाध्यक्षको जिम्मेबारी तोकिएको छ ।
पुर्व अध्यक्ष दिपकराज विष्टको सयोजकत्वमा मञ्च एव भोजन व्यवस्थापन समिति, जेसी सिनेटर नरेन्द्रराज ओझाको संयोजकत्वमा किट ब्याग उव मायाको चिनो व्यवस्थापन समिति, जेसी पवनचन्द्र लेखकको संयोजकत्वमा स्मारिक प्रशासन समिति, जेसी अमर बहादुर चन्दको संयोजकत्वमा सुरक्षा एव स्वयम सेवक परिचालन समिति, जेसी पदम बुडाको संयोजकत्वमा साँस्कृति एव प्रभातफेरी समिति,
जेसी कविराज अवस्थीको संयोजकत्वमा सचिवलाय व्यवस्थापन समिति, जेसी दिपकराज जोशीको संयोजकत्वमा आवास, जेसी जानकी रोकया(भण्डारी)को संयोजकत्वमा स्वागत सत्कार, जेसी विशाल सोनारको संयोजकत्वमा भोजन, जेसी आशिष खत्रीको सहसंयोजकत्वमा मायाको चिनो व्यवस्थापन समिति,
कानुन सल्लाहकार अक्षत पाण्डेयको संयोजकत्वमा रजिष्ट्रेशन, जेसी शंकरदत्त जोशी सहसंयोजकत्वमा आवास, जेसी पवन जोशीको सहसयोजकत्वमा स्मारिकका प्रशासन समिति गठन गरएको छ ।सल्लाहकार तर्फ पुर्व जेसीहरु क्रमस मिन बहादुर शाही, चित्राङ्ग थापा, बहादुर थापा,
दिपक सिह, पिताम्बर भट्ट, शिवराज भट्ट, नरेन्द्रराज जोशी, सुरेश सिह भण्डारी, प्रेमसिह भाट, निराजन थापा, सुशिला चन्द, हेमराज भट्ट रहेका छन । जेसीजको दोस्रो पटक कञ्चनपुर महेन्द्रनगरमा सम्मेलन हुने भएपछि जेसीजकर्मी समेत उत्साहित भएकाछन ।
Comments are closed.