सन्जिवनी नेपालको तिज मिलन एवम दर खुवाउने कार्यक्रम सम्पन्न

महेन्द्रनगर । सन्जिवनी नेपालले तिज मिलन एवम दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । बुधवार कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा भीमदत्त नगरपालिकाको १९ वटा वडामा रहेका सुदूरपश्चिम पैरवी महिला संजालका करिव ८ सय बढी महिलाहरुको माँझ उक्त कार्यक्रमको आयोजना गरेको हो ।

समता मुलक समाजको निर्माण भन्ने मुल नाराको साथमा आयोजना गरीएको उक्त कार्यक्रमको सभाध्यक्षमा संस्थाका महासचिव सिला रैका रहनु भएको थियो भने, प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय मधु भारती रहनु भएको थियो ।

यसैगरी विशिष्ट अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय बेलबहादुर राना, भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदम अवश्थी, वडा नम्वर ४ का वडा अध्यक्ष शुसिल भट्ट, वार्ड नम्वर ८ का अध्यक्ष मदन मिश्र रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भारतिले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सबैले सामान्य रुपमा मनाउनु पर्ने बताउनु भयो ।

अरुको देखासिकी गरेर, फजुल खर्च गरेर, होटलमा गएर तिज मनाउने परम्परा गलत रहेको बताउँदै कम खर्चमा पनि यो महिलाहरुको पिडा दुख भुलाउने तिज पर्वलाई मनाउन आग्रह गर्नु भयो । “सस्तो साडी लगाउ महँगो पहिरन लगाउँदैमा राम्रो हुने र सस्तो साडी लगाउँदैमा नराम्रो हुने भन्ने हुँदैन” यो चाडपर्वमा सबै दिदिबहिनीहरुले मिलेर एक ठाँउमा आएर आफनो पिर दुख भुलेर रमाउने हो उहाँले भन्नु भयो ।

साथै आगामी दिनमा महिलाहरुको पक्षमा रहेर उहाँहरको हक अधिकारको लागि आफु सदैव अगाढी रहेको बताउनु भयो । संस्थाका कार्यकारी निर्देशक नितु भट्टले आजको कार्यक्रम भनेको वर्षभरीमा दिदिबहिनीहरुलाई आफनो दुख पिर भुलेर रमाईलो गर्नका लागि यो तिज मिलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

पछिल्लो समय हरीतालिका तिजका नाममा तडकघडक बढी हुने होटलमा जाने मनाउने गरेको भएर आफुहरुले एकदमै साधारण रुपमा दिदिबहिनीहरुका माझ तिज मनाउने अवसर जुटाइएको बताउनु भयो ।

आफु मात्रै रमाउने होईन दुखी दुरदराजका दिदिबहिनीहरुलाइ पनि मनाउने वातावरण बनाएर सबैलाई एकै ठाँउमा ल्याएर रमाईलो गर्ने अवसर संजिवनी नेपालले गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.