भिमदत्त उपप्रमुख लेखक ः ईको पार्कको सबैले मिलेर संरक्षण गर्न आवस्यक छ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कमा सरसफाई तथा वृक्षारोपण गरीएको छ । भीमदत्त नगरपालिका १८ मा रहेको इको पार्कमा भीमदत्त नगरपालिकाको समन्वयमा,

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोग, वडा नम्वर १८, नेपाली सेना तथा उत्थानशील युवा सञ्जालको सहकार्यमा ईको पार्कमा विभिन्न जातका बिरुवा रोपिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले यो र यस्ता अन्य पार्क, वन क्षेत्रहरुको सबैले मिलेर स्ररक्षण सुरक्षा दिनुपर्ने बताउनु भयो ।

साथै, पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको हुँदा सबैले आआफनो वरपर आफनो घरमा एक विरुवा रोपेरसहयोग गर्न आग्रह गर्नु भयो ।

बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, संम्वर्धन र व्यवस्थापन निरन्तर रुपमा भईरहेको उल्लेख गर्दै, वृक्षारोपण संगै रोपिएका विरुवाहरुको संरक्षण पनि आवश्यक हुनेमा जोड दिनुभयो ।

उहाँले ईको पार्कको व्यवस्थापनका लागि पालिकाले विगतदेखी नै बजेट विनियोजन गर्दै आएको र आगामी दिनमा पनि बजेट विनियोजन गरेर काम अघि बढाउने पनि प्रतिवद्धता जनाउनु भयो ।

भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले ईको पार्क व्यवस्थापन कार्यमा डिसीएको गिफ्ट सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।

उहाँले वडाको बजेट र संस्थाको सहयोग मात्र पर्याप्त नहुने तर्क गर्नुभयो । उहाँले स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान नपुगेको दुखेसो गर्दै, यसको व्यवस्थापन तथा संरक्षणका लागि सबैको चाँसो आवश्यक हुनेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले ईको सिस्टमको संरक्षण आवश्यक भएको बताउदै, यसबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने तर्क गर्नुभयो ।

उहाँले सरकारले सन् २०३० सम्ममा तिन करोड बिरुवा रोप्ने नीति लिएको बताउदै एनएनएसडब्ल्यूएले यही उद्देश्य अनुरुप काम गरिरहेको जानकारी दिनुभयो ।

सम्बन्धित

Comments are closed.