डडेल्धुरामा जात्रा पर्वहरु लोप हुँदै, छैन चासो स्थानिय सरकारलाई

महेन्द्रनगर । डडेल्धुरामा कुनै समय जात्रा पर्वले बेग्लै रौनकता छाउने गर्दथ्यो, डडेल्धुरामा बाघ जात्रा, लाखे जात्रा, रोपाई जात्रा, गाईजात्रालगायतका जात्राको आयोजना हुने गर्दथ्यो । तर पछिल्लो समय उक्त जात्राहरु लोप भएका छन् स्थानिय सरकारले खासै चाँसो नदेखाउँदा स्थानिय जात्राहरु लोप भएका हुन । शनिवार भने स्थानिय युवाहरुको पहलमा लाखे नाचको प्रदर्शनी गरीएको छ । पछिल्लो समय लोप हुँने अवस्थामा रहेको लाखे नाच स्थानियहरुको पहलमा फेरी सुरुवात गरीएको हो ।

पछिल्लो समय डडेल्धुरामा नमाईने विभिन्न पर्व जात्राहरु लेप भएका छन् । तर अधिवक्ता सुरेश थापा, समाजसेवी युवा श्याम सिनाललगायतको टिमले उक्त लोप हुन लागेको अवस्थामा रहेको लाखे नाचको प्रदर्शन गरेका हुन् ।

आफनो रितिरिवाज, रहनसहन, कला संस्कृतीको जेगर्ना गर्नका लगि आफुहरुले लाखे नाचको आयोजना गरेको अधिवक्ता थापाले बताउनु भयो ।

पछिल्लो समयमा डडेल्धुरामा आयोजान हुने बाघ जात्रा, लाखे जात्रा, रोपाई जात्रा, गाईजात्रा लगायतका जात्राहरु भएपछि युवाहरु मिलेर यसको जेगर्ना गर्नुपर्छ भनेर नै यो लाखे जात्राको आयोजना गरेको उहाँले बताउनु भयो ।

स्थानिउ कला संस्कृती संरक्षणका लागि स्थानिय सरकारले खासै चासो नदिएपछि आफनै लगानीमा युवाहरुले पैसा उठाएर लाखे जात्राको आयोजना गरेको समाजसेवी सिनालले बताउनु भयो । जात्राको आयोजना गर्न आर्थिकको आवस्यक्ता पर्ने भएकाले आफनै खर्चमा जात्रा पर्व गर्न नसकिने उहाँले बताउनु भयो ।

स्थानिय कला संस्कृतीको संरक्षण गर्नमा विषेश गरेर स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहनु पर्ने उहाँले बताउनु भयो ।

विगतका वर्षमा विरबहादुर जैरु लाखे बनेर रमाईलो गर्नु हुन्थ्यो भने यो वर्ष टेकबहादुर बयलकोटी लाखे बन्नु भएको थियो भने, तर पछि एक पटक विर बहादुर जैरु लाखे बनेर नाच्नु भएको थियो ।

डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाउ“मा झुमिन पुग्छन् ।

को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, लाखेनाच, कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिन्छ राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।

तर पछिल्लो समय डडेल्धुरामा भने, स्थानिय सरकारले खासै चासो नदिए पछि जात्राहरु लोप हुँदै गईरहेका छन् ।

 

सम्बन्धित

Comments are closed.