महेन्द्रनगर । कञ्चनपुरमा रहेका मन्टेश्वरी संचालक, प्रिन्सिपल एवम शिक्षीकाहरुले तिज पर्व हर्षाेल्लासका साथमा मनाएका छन् । उनिहरुले पुरानो परम्परा लोक संस्कृती जोगाउन मादल बजाएर गित गाएर तिज पर्वलाई मनाएका हुन् । पुराना गितहरुमा चेलीबेटीहरुको रोदन बेदनालाई समेटेर उनिहरुले मादल बजाएर रमाएका हुन् ।

जिल्लामा रहेका ११ वटा मन्टेस्वरीका करिब १ सय बढी महिला दिदिबहिनीहरुले मादलमा गित गाएर आफनो खुसी हरु साटासाट गरेका छन् । पुराना गितका भाकाहरुलाई गित मार्फत गाएर मादल बजाएर रमाईलो गरेका हुन् । पछिल्लो समयमा गितहरु प्नि सुन्न नसकिने, डिजे बाजा बजाएर नाच्ने गर्ने प्रचलन रहेको भएर आफुहरुले यो तिजमा मादल बजाएर रमाईलो गरेको विज्डम किड्स मन्टेस्वरीका संस्थापक प्रिन्सिपल एवम कार्यक्रम संचालिका निलम गुरुङले बताउनु भयो ।

हामी मन्टेस्वरी संचालकहरुले केही सचेतना मुलक कार्य गरौ भन्ने उदेश्यले डिजे नबजाएर मादलमा गित गाएर रमाईलो गर्ने भनेपछि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मादल बजाएर नाच्ने, पुराना भाका गित गाउने परम्परा हराउँदै गएको भएर यसको जेगर्ना गर्न संरक्षण हामीले सुरुवात गरेको उहाँले बताउनु भयो ।
यसैगरी, ओसिस मन्टेस्वरीका संस्थापक प्रिन्सिपल सविना भट्टले अहिले पुरानो शैलीको मनोरञ्जन गर्ने शैली गित गाएर तिज मनाउने परम्परा हराउँदै गईरहेको महसुस गर्दे आफै बाट संरक्षणको सुरुवात गरौ भनेर मादल बजाएर गित गाएर तिज मनाएको बताउनु भयो ।
हाम्रो परम्परा रितिरिवाजलाई जेगर्ना गर्दै लैजानु आफनो पनि दायित्व भएकाले बढदै गईरहेको विकृती विसंगतीलाई हटाउने गरी सबैले आआफनो क्षेत्रबाट यसरी नै सुरुवात गर्नुपर्ने बताउनु भयो ।
Comments are closed.