महेन्द्रनगर । जनसरोकार पोष्ट दैनिकले आफनो १३औँ बार्षिकोत्सवकोे अवसरमा नेपाल पत्रकार महासंघ कञ्चनपुर आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले स्थापना गरेको पत्रकार कल्याण कोषमा नगद ११ हजार १ सय ११ रुपैँया आर्थिक सहयोग गरेकोहो ।
कञ्चनपुर र बैतडीबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट दैनिकले १२ वर्षको प्रकाशन यात्रालाई सफलतापूर्वक पार गर्दै आज बुधवार १३ औं वर्षमा प्रवेश गरेको प्रकाशक तथा प्रधान सम्पादकः राजेन्द्र प्रसाद अवस्थी बताउनु भयो ।
यही उपलक्ष्यमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले स्थापना गरेको पत्रकार कल्याण कोषमा नगद सहयोग गरेको र अनइ संघसंस्था, निर्माण व्यवसयाी, व्यापारी, व्यवसायीहरुलाई पनि उहाँले यस कोषमा आर्थिक सहयोग गरीदिन आग्रह समेत गर्नु भयो ।
पत्रकारहरुको कल्याणका लागि कोष स्थापना गर्नु अति नै सराहनियका कार्य रहेको र यसलाई थप उर्जा दिई सबैले हातेमालो गर्न आग्रह गर्नु भयो । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले प्रकाशक तथा प्रधान सम्पादक राजेन्द्र प्रसाद अवस्थीले गरेको यो सहयोग प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।
जसरी जनसरोकार पोष्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोगगरी प्रोत्साहन गर्नु भएको छ यसैगरी सबैले जती सकिन्छ यसमा साथ र सहयोग गरी दिन आग्रह गर्नु भयो । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो ।
कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ ।
हामी सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने प्रकाशक अवश्थीले बताउनु भयो ।
Comments are closed.