सामाजिक अभियन्ता सरस्वती नेपालीले जन्मदिनमा गरिन वृद्ध आश्रममा सहयोग

महेन्द्रनगर । दलित अधिकारकर्मी, महिला अधिकारकर्मी समाजसेवी, एवम सामाजिक अभियन्ता सरस्वती नेपालीले आफनो जमनदिनको उपलक्ष्यमा वृद्ध आश्रममा खाद्यन्न तथा फलफुल सहयोग गर्नु भएको छ । आईतवार उहाँले आफनो जन्मदिनको उपलक्ष्यमा भीमदत्त नगरपालिका–०५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र मा चामल,दाल, जुस,फलफूलहरुसहयोग गर्नु भएको हो ।

विगत २ दशकदेखी समुदायमा रहेका विपन्न, गरिव, दलित, महिलाहरुको अधिकारका लागि सामाजिक अभियन्ताको रुपमा काम गर्दै आईरहनु भएकी नेपालीले जन्मदिनको अवसरमा सानो सहयोग स्वरुप आफुले वृद्ध आमा बुवाहरुलाई सहयोग गरेको बताउनु भयो ।

साथै उहाँले सबैले यसरी नै आफनो खुसीयालीका दिनहरु वृद्ध आमा बुवाहरुलाई केही सहयोग गरेर मनाउन आग्रह गर्नु भयो ।नेपालीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” प्राप्त गरेकी सक्नु भएको छ भने , नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्ष भन्दा बढी समय बिताई सक्नु भएको छ ।

सम्बन्धित

Comments are closed.